FAQs Complain Problems

नगराईन नगरपालिकाको आ.व. २०७५/०७६ को बजेट ३५ करोड ७ लाख ४९ हजार |

नगराईन नगरपालिकाको नगर सभाको दोस्रो अधिवेशन मिति २०७५।०३।१० गते आईतवारदेखि प्रारम्भ भयो ।स्रोत केन्द्र भवनको सभा हलमा नगर प्रमुखको आगमन सँगै राष्ट्रिय धुन बजेपछि नगर सभा प्रारम्भ भएको हो ।नगराईन नगर सभामा ५१ जना पदाधिकारीहरु रहेका छन् । सबै पदाधिकारीहरु बैठकमा उपस्थित थिए ।बैठक प्रारम्भ भए पछि अध्यक्षले समय उपलब्ध गराए बमोजिम वडा अध्यक्षज्यूहरुले सम्वोधन गर्नु भएको थियो ।

त्यसपछि पहिलो बैठकमै नगरपालिकाका उपप्रमुख श्री रंजु कुमारी साहले आगामी आ.व. २०७५।०७६ को बजेट प्रस्तुत गर्नु भयो ।बजेटसँगै बजेटको अभिन्न अंगको रुपमा आर्थिक विधेयक, २०७५ र विनियोजन विधेय २०७५ समेत प्रस्तुत गर्नु भयो।सो बजेटमा आगामी आ व २०७५।०७६ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३५ करोड ७ लाख ४९ हजार विनियोजन गरिएको छ । उक्त अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट १ करोड¸ नेपाल सरकार वित्तीय समानिकरण अनुदानबाट ११ करोड २४ लाख¸ राजस्व सशर्त अनुदानबाट ९ करोड ६७ लाख, राजस्व बाँडफाँटबाट ६ करोड ५४ लाख ८९ हजार, समपुरक अनुदानबाट २५ लाख, प्रदेश सरकारबाट समपुरक अनुदान २९ लाख ४४ हजार, सशर्त अनुदान १ करोड, बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १६ लाख १६ हजार, सडक बोर्ड नेपालबाट २५ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट १२ लाख, गरिबसँग विशेश्वर कार्यक्रमबाट ९ लाख, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमबाट ४ करोड ४० लाख रहेको छ ।

यसैगरी गत आव २०७३।०७४ को यथार्थ आय व्यय ६ करोड ६० लाख १९ हजार ५ सय ७१ र पैसा २० प्रस्तुत भएकोमा सोबाट १ करोड ५३ लाख २९ हजार ७८ रुपैया २० पैसा मौज्दात देखाइएको छ ।गतबर्ष साविक गाँउ परिषदबाट पारित योजना तथा कार्यक्रम, नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालय व्यवस्थापन, सौर्य सडक बत्ती जडान जस्ता शीर्षकमा रकम खर्च भएको जनाईएको छ ।

त्यसैगरी चालु आव २०७४।०७५ को लागि पहिलो नगर सभाबाट ३९ करोड १२ लाख ६७ हजार बजेट अनुमान गरिएकोमा यस सभामा चालु आ.व.को लागि ३४ करोड ३३ लाख ४८ हजार ७८ रुपैया २० पैसा संशोधित अनुमान प्रस्तुत गरिएको छ ।चालु आ.व.मा हेभी ईक्वीपमेन्ट जेसिबी एक वटा, ट्र्याक्टर २ वटा, भौतिक पूर्वाधार निर्माण, कार्यालयको पूर्वाधार निर्माण, सुशासन प्रबर्धन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, सेवा महिला तथा बालबालिका विकास कार्यक्रम सामाजिक विकास सीप तथा रोजगारी प्रबर्द्धन मर्मत सम्भार जस्ता कार्यक्रम  संचालित छन् ।

बजेट प्रस्तुतीकरण सकिएपछि नगर सभा सदस्यहरुले बजेट सम्बन्धमा आआफ्ना धारणा राखेका थिए ।धारणा राख्ने क्रम समाप्त भएपछि प्रस्तुत बजेट एवं विधेयक सम्बन्धमा छलफल एवं निर्णयको लागि मिति २०७५ असार १६ गते पुन दोस्रो बैठक बस्ने गरी बैठक स्थगित भएको थियो । 

आर्थिक वर्ष: